नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा आगलागी भएको छ ।
अकबर अलीले सञ्चालन गरेको कस्मेटिक सामानको गोदाम अजाज सप्लायर्समा आज बेलुका आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको बताउनुभयो । आगलागीको कारण पहिचान गर्न अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ २०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
