साँगा-धुलिखेल सडकको पुलबजार खण्डमा स्तरोन्नति शुरु
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति शुरु भएको छ ।
सूर्यविनायक-धुलिखेल सडकअन्तर्गत साँगा-धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो ।
सूर्यविनायक-धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक-साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ । यो खण्डमा केही स्थानका छ घर भत्काउन बाँकी छ । रासस
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ ११:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
