RayNewsDaily
पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत        

काठमाडौँ  । पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ ।     
     
काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै नगद रु पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्मान गर्ने निर्णय गरिएको कोषका संस्थापक नरेश काङमाङ राईले राससलाई जानकारी दिनुभयो ।     
     
यसैगरी, पहिचानको आन्दोलन र लेखनमा दिइरहनुभएको योगदानको कदर गर्दै यस वर्ष पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’ लाई प्रदान गरिने भएको छ । नगद रु ५० हजार २०२ र ताम्रपत्रसहित उहाँलाई युवा सम्मान दिने कोषले जनाएको छ । पुरस्कार दिने मिति पछि तय गरिने कोषले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update