RayNewsDaily
मार्तडीमा आगलागी, करोडौँको क्षति    

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।     
     
बडीमालिका नगरपालिका-८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।     
     
आगलागीबाट बडीमालिका-८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो । क्षतिको विवरण यकिन हुन नसकेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update