RayNewsDaily
मानवअधिकार सम्मान र पुरस्कार घोषणा    

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ ।     
     
आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार स्व दयाराम परियार स्मृति सम्मान-२०८२, शङ्कर लिम्बू (इलाम), मानव अधिकार पुरस्कार-२०८२ पत्रकार मेनुका ढुङ्गाना (अछाम)लाई दिने निर्णय गरिएको छ । लिम्बू आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रुपमा कार्यरत रहनुभएको छ ।     
     
त्यसैगरी ढुङ्गाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गर्नुभएको थियो ।     
     
मानव अधिकार सम्मान र पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ । सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तरराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को कार्यक्रमका बीच प्रदान गरिने छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update