काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पितृशोक
काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ । उहाँका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय शाहको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२ १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
