ताप्लेजुङको तेम्बा बजारका चार घर वटा जले
फुङ्लिङ (ताप्लेजुङ) । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार वटा घर जलेका छन् ।
गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ । रासस
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२ ०९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
