RayNewsDaily
दार्चुलामा भूकम्पको धक्का    

खलङ्गा (दार्चुला) । दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।     
     
शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।     
     
जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यसअघि गत बिहीबार राति नेपाल-भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update