RayNewsDaily
अभियन्ता निकोलस भुसाल पक्राउ        

गोरखा । प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । उहाँलाई प्रहरीले सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।     
     
भुसाल सोमबार गोरखा आउनुभएको र उहाँलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हो । भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update