RayNewsDaily
नालीभित्र पुरुषको शव भेटियो    

दमक (झापा) । झापाको दमक नगरपालिका-७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ ।     
     
कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष रहेका र उनको पहिचान खुल्न सकेको छैन ।     
     
मृतकको दाहिने गालामा धारिलो हतियारको घाउ रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update