RayNewsDaily
शान्ति सैनिकको अदलीबदली   

काठमाण्डू । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड मिसन नेसन्स मिसन इन साउथ सुडानमा (अनमिस) मा सहभागी श्रीनाथ गण शान्तिसेना १४औँ डफ्फा बदली भएको छ ।    
    
 नयाँ गोरख गण शान्ति सेना १५औँ डफ्फाका १७५ जना शान्ति सैनिकको टोली आज कार्यक्षेत्र दक्षिण सुडान प्रस्थान गरेको छ । श्रीनाथ गणका १७६ जना सोमबार फिर्ता भएका सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।    
    
 राससका अनुसार दक्षिण सुडानमा राष्ट्रसङ्घीय शान्ति मिसनमा विभिन्न देशका सेनासँग नेपाली सेनाका एक हजार ७५७ जनाले समन्वय र सहकार्यका साथ शान्ति स्थापनामा क्रियाशील छन् ।    

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update