RayNewsDaily
लाङ्टाङ क्षेत्रमा अलपत्र परेका बाह्र जनाको सकुशल उद्धार    
उद्धार कार्यमा नेपाली सेना । तस्वीर सौजन्य : नेपाली सेना

रसुवा । लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् ।     
     
पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो । सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन् । रासस

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update