हेलिकप्टरबाट चारजना गर्भवतीको उद्धार

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई-५ सिरसिरे, इलामको सन्दकपुर-१ छाँगे, पाँचथरको फिदिम-१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला-३ हुङगुङबाट चार जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्याइएको छ । रासस
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२ १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय