RayNewsDaily
इलाम पहिरो : सेनाद्वारा उद्धार जारी    

काठमाडौं । इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकाप्टरमार्फत झापा लगिएको छ ।     
     
पछिल्लो अविरल वर्षाकाकारण इलामको सन्दकपुर नगरपालिका-४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्‍याइएको छ ।     
     
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजके सहयोगमा गएराति मोटर बोटबाट ४८,  डुङगाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षितस्थानमा राखिएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update