RayNewsDaily
पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै    
फाइल तस्वीर ।

उदयपुर (गाइघाट) । बाढीबाट विस्थापित बेलका नगरपालिकाका बासिन्दा कोशीको पानीको सतह घटेपछि घर फर्किन थालेका छन् ।     
     
आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका-८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईँटेलका अनुसार अवस्था सामान्य बन्दै गएपछि बाढीबाट विस्थापित आ-आफ्नो घर फर्कन थालेका हुन् ।     
     
बेलकाको कोशी टप्पु क्षेत्रमा बाढीको खतरामा परेकाहरुलाई आफन्तकहाँ तथा बेलका नगरपालिकाको सिटीहलमा राखिएको थियो । बेलका नगरपालिकाकी उपप्रमुख जीरा राईले कोशी नदीको सतह घट्न थालेपछि अहिलेका लागि खतरा टरेको र सो क्षेत्रका जनजीवन समान्य बन्दै गएको बताउनुभयो । रासस

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update