RayNewsDaily
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना, पूर्वी नेपालका विभिन्न जिल्लामा वर्षा

रे समाचार/काठमाण्डू ।  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

 हाम्रा प्रदेश सम्वाददाताका अनुसार आज बिहानैदेखि कोशी प्रदेशका मोरंग, सुनसरी, झापा, धनकुटा लगायतका जिल्लाहरुमा पानी परिरहेको छ भने विभिन्न नदी र खोलाहरुमा पनि जलस्तर उच्च रहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update