RayNewsDaily
इलाममा पहिरोमा परी १४ जनाको मृत्यु   

काठमाण्डू । पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच जना, इलाम नगरपालिका–६ घोसमा ६ जना र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो ।

पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने उहाँले बताउनुभयो ।

यसैबीच, पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update