RayNewsDaily
भोजपुरका किसानलाई मकै थन्काउने चटारो   

भोजपुर ।  देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई भने मकैबाली थन्काउने चटारो यहाँ प्रायः भदौ असोज महिनामा मकै पाक्ने भएकाले किसानहरू खेतबारीमा भेला भएर मकै भाँच्ने, सुकाउने भण्डारण गर्ने काममा बेस्त हुन्छन्     
     
 यहाँको लेकाली क्षेत्रको प्रमुख अन्नबालीका रूपमा मकैलाई लिइन्छ यहाँ धान उत्पादन कम हुने भएकाले मकै अधिकांश परिवारका लागि मकै वर्षभरको खानाको मुख्य स्रोत हो किसानहरूले हाल घरआँगन गोठको छानोमा मकै सुकाइरहेका छन्     
    
 कृषि ज्ञान केन्द्रका अनुसार उत्पादनमा वृद्धि गर्न लेकाली भेगमा उन्नत जातका मकैबाली बिस्तार भइरहेको यसले किसानको आयआर्जनमा समेत सहयोग पु¥याएको केन्द्रले जनाएको     
    
स्थानीय बजारमा दाना बिक्री गर्न सकिने भएकाले मकै किसानले नगद आम्दानी गरिरहेका छन् स्थानीय बजारमा प्रतिपाथी रु २०० देखि २५० सम्ममा मकै बिक्री हुने गरेको किसान गोरखबहादुर विष्टले बताउनुभयो यहाँका नौवटै स्थानीय तहको लेकाली भेगमा मकै खेती हुने गरेको  रासस   

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update