RayNewsDaily
तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा     
पृथ्वी राजमार्ग । फाइल तस्वीर

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।     
     
विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नारायणघाट सडकखण्ड एकतर्फी रुपमा सञ्चालन आएको जानकारी दिनुभयो । सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन-नारायणघाट सडकखण्डमा हजारौं यात्रु अलपत्र परेका थिए ।     
     
 विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी, रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथाङ्का (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन् । एक सय ६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update