RayNewsDaily
जिप्रका काठमाडौँद्वारा वैकल्पिक व्यवस्थासहित सेवा प्रवाह        

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् सञ्चालनका लागि अधिकतम प्रयास भइरहेको र केही सेवाका लागि वैकल्पिक व्यवस्था गरिएको जनाएको छ ।     
     
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालका अनुसार यही भदौ ६ गते अगाडि राहदानीका लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि भदौ ३१ गतेदेखि सम्पर्क गर्न सक्नुहुनेछ ।     
     
यसैगरी, राष्ट्रिय परिचयपत्रसम्बन्धी अत्यावश्यक सेवाका लागि नारायणहिटी दरबरमा रहेको सेवा इकाइबाट सेवा लिन सकिनेछ । राहदानीसम्बन्धी अत्यावश्यक सेवाका लागि राहदानी विभागबाटै सेवा लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।     
     
यसबाहेक अन्य सेवाका लागि भने भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र, उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिनेछ । सेवा प्रवाहसम्बन्धी थप जानकारीका लागि कार्यालयले नियमित रूपमा सूचनामार्फत जानकारी गराउने समेत उहाँले उल्लेख गर्नुभयो । रासस

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update