RayNewsDaily
भोजपुरमा धानखेतीको क्षेत्र घट्यो   

भोजपुर । जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र घटेको गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको     
    
यस वर्ष समयमा बर्सात नहुुनु तथा गाउँघरमा बसाइँसराइको दर बढेको कारण धानखेतीको क्षेत्र घटेको कृषि ज्ञानका सूचना अधिकारी घनश्याम बरालले बताउनुभयो यो वर्ष भोजपुरमा करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो     
    
राससका अनुसार गत आर्थिक वर्ष भोजपुरमा ३७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो धानखेतीको विस्तारको क्षेत्र घटेकाले यस वर्ष उत्पादनमा पनि कमी आउने सम्भावना रहेको देखिएको जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको यहाँका कतिपय बेँसी क्षेत्रमा दुई बाली धान उत्पादन हुने गर्दछ     

 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update