RayNewsDaily
कृषिमा कम भविष्य देख्नेका लागि...   

भोजपुर । यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ रुपैँया आम्दानी गरिरहेका छन्     
    
भोजपुरमा उत्पादन भएका कृषि उपजहरूले बाह्य जिल्लाका बजारमासमेत स्थान पाउन थालेका छन् ।सबै स्थानीय तहमा किसानले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् यहाँ उत्पादन हुने तरकारी, अकबरे खुर्सानी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँ जस्ता सहरमा पुग्न थालेका छन्     
    
सडकको सहज पहुँच भएका स्थानका किसानको फार्मबाट नै सोझै कृषि उत्पादन बाह्य जिल्लामा जाने अवस्था रहेको स्थानीय किसान रमिला श्रेष्ठ बताउनुहुन्छ कृषिकर्ममा बाँच्ने आधार बनेको ,” उहाँले भन्नुभयो, “व्यावसायिक रूपमा गरिएको तरकारी खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ सडकको सहज पहुँचका कारण बजारमा पु¥याउन सजिलो भएको किसानहरूको भनाइ     
    
भोजपुरको पौवादुङमाका किसान ध्रुव राईले व्यावसायिक रूपमा फलफूल, खुर्सानी तथा तरकारीखेती गरिरहनुभएको व्यावसायिक कृषिमा लागेर मनग्य आम्दानी गर्दै आएको उहाँको भनाइ खुर्सानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिइरहेको छु,” उहाँले भन्नुभयो, “व्यावसायिक कृषिबाट वार्षिक रु चार देखि लाखसम्म आम्दानी हुन्छ कृषिमा लाग्न स्थानीय तहबाट पनि आवश्यक सहयोग पाइरहेको छु ”    
    
अरुण गाउँपालिका जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती गरिरहनुभएको करिब पाँच वर्ष विदेश बसेर फर्किनुभएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडो खेती सुरु गर्नुभएको हो राईको फार्ममा अहिले एक हजारभन्दा बढी एभोकाडोका बिरुवा छन् अबका केही वर्षभित्र ती बिरुवाले उत्पादन दिन सुरु गर्ने उहाँको भनाइ सबै बिरुवाले आम्दानी दिँदा वार्षिकरूपमा रु २५ देखि ३० लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो     
    
सरकारले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै कृषितर्फ आकर्षण बढेको देखिन्छ पछिल्लो समय फर्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्या बढिरहेको प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा आएसँगै कृषि क्षेत्रमा युवाकोसमेत आकर्षण बढेको   रासस  

 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update