RayNewsDaily
तमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौड : ३६ जनाको मृत्यु, ४० घाइते        
तमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौड : ३६ जनाको मृत्यु, ४० घाइते         करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका बीच घण्टौँ ढिलो विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो।     
ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर        
ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर         गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो ।     
डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द  
डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द   यस्तै घटनाहरू नर्वे, पोल्यान्ड र रोमानियामा पनि देखिएका छन्, जसमा ड्रोन आक्रमण भएको र एस्टोनियाको हवाई क्षेत्रमा रुसी लडाकू विमान प्रवेश गरेको जानकारी आएको छ । युक्रेनमाथि रुसको आक्रमण जारी रहेका सन्दर्भमा यी घटनाले युरोपमा थप तनाव पैदा गरेको छ ।    
चीनद्वारा डब्लुटिओमा विकासोन्मुख देशको विशेष सुविधा परित्याग        
चीनद्वारा डब्लुटिओमा विकासोन्मुख देशको विशेष सुविधा परित्याग         चीनको वाणिज्य मन्त्रालयका अधिकारीहरूले बुधबार यो निर्णय विश्वव्यापी व्यापार प्रणालीलाई सुदृढ गर्न र हालका संरक्षणवादी नीतिहरू तथा आयात प्रतिबन्धका चुनौतीबीच डब्लुटिओलाई प्रभावकारी बनाउन लिइएको बताएका छन् ।     
वासिङ्टनमा पाकिस्तानी प्रधानमन्त्री सरिफ र ट्रम्पबीच भेट हुँदै
वासिङ्टनमा पाकिस्तानी प्रधानमन्त्री सरिफ र ट्रम्पबीच भेट हुँदै संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा भाग लिएपछि सरिफ वासिङ्टन पुग्नुहुनेछ । उहाँले बुधबार जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानको ऋण समस्या समाधान बिना विश्वव्यापी चुनौतीहरूको समाधान सम्भव नभएको चेतावनी दिनुभएको थियो ।
युक्रेनमा आक्रमण जारी राख्नुबाहेक कुनै विकल्प छैन : रुस     
युक्रेनमा आक्रमण जारी राख्नुबाहेक कुनै विकल्प छैन : रुस      “राष्ट्रपति भ्लादिमिर पुटिनले तोकेको लक्ष्य प्राप्त गर्न र हाम्रो राष्ट्रिय चासो सुरक्षित गर्न विशेष सैन्य अभियान जारी राख्नेछौँ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “यो हामी हाम्रो वर्तमान र भविष्यका लागि मात्र होइन, आउने पुस्ताका लागि गरिरहेका छौँ । त्यसैले, हामीसँग कुनै विकल्प छैन ।”     
Weather Update