RayNewsDaily
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा        

लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामाको घोषणा गर्नुभएको छ ।     
     
नीतिगत यू-टर्न तथा बढ्दो अलोकप्रियताबीच उहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो ।     
     
“मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएको हो । त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु”, उहाँले भावुक हुँदै भन्नुभयो ।     
     
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा सुरु हुनेछ । नयाँ नेता छनोट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ । नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ ।     
     
सन् २०२४ मा लेबर पार्टीलाई आमनिर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो । एएफपी

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update