
बेइजिङ । जापानी आक्रमण विरुद्धको चिनियाँ जन प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सवको स्मृतिम समारोहलाई चीनका रास्ट्रपति सी चिनफिङले महत्वपुर्ण सम्बोधन गर्नुभएको छ ।
जापानी अतिक्रमण विरुद्धको चिनियाँ जन प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सवको स्मृतिमा बुधबार बेइजिङमा आयोजित बिशाल परेडलाई सम्बोधान गर्दै आफ्नो भाषणमा चिनियाँ राष्ट्रपति सीले विश्वलाई चिनियाँ राष्ट्रको पुनरुत्थानलाई "रोक्न नसकिने" बताउनु भयो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले प्रतिरोध युद्ध आधुनिक समयमा विदेशी आक्रमण विरुद्ध चीनको पहिलो पूर्ण विजय भएको र यो विजय सीपीसीले वकालत गरेको जापानी आक्रमण विरुद्धको राष्ट्रिय संयुक्त मोर्चा अन्तर्गत प्राप्त भएको बताउनु भयो ।
उहाँले विश्व शान्तिमा चिनियाँ जनताको त्याग र महान् योगदानलाई जोड दिँदै यो विश्व फासीवाद विरोधी युद्धको एक महत्वपूर्ण भाग भएको बताउनुभयो । उहाँले सबै राष्ट्रहरूलाई एकअर्कालाई समान व्यवहार गर्न, सद्भावमा बस्न र साझा सुरक्षाको रक्षा गर्न, युद्धको मूल कारण उन्मूलन गर्न र ऐतिहासिक त्रासदीहरू दोहोरिनबाट रोक्न एकअर्कालाई समर्थन गर्न पनि आह्वान गर्नुभयो ।
राष्ट्रपति सीले भन्नुभयो- आज विश्व फेरि शान्ति वा युद्ध, संवाद वा टकराव, र जित-जित परिणाम वा शून्य-योग खेलको विकल्पको सामना गरिरहेको छ र चीन इतिहासको सही पक्षमा र मानवप्रगतिको पक्षमा दृढतापूर्वक उभिनेछ, शान्तिपूर्ण विकासको मार्गमा अडिग रहनेछ र मानवताको लागि साझा भविष्य भएको समुदाय निर्माण गर्न बाँकी विश्वसँग हात मिलाउनेछ ।
उहाँले सबै जातीय समूहका चिनियाँ जनतालाई एकताबद्ध रहन र चिनियाँ कम्युनिष्ट पार्टीको बलियो नेतृत्वमा कडा परिश्रम गर्न आह्वान गर्नुभयो । एकताबद्ध हुँदा चिनियाँ आधुनिकीकरण मार्फत सबै मोर्चामा बलियो देश निर्माण गर्न र राष्ट्रिय पुनरुत्थानलाई अगाडि बढाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सीले जनमुक्ति सेना (पीएलए) लाई राष्ट्रिय पुनरुत्थानका लागि राजनीतिक सहयोग प्रदान गर्न र विश्व शान्ति र विकासमा ठूलो योगदान दिन आह्वान गर्नुभयो । उहाँले पीएलएलाई विश्वस्तरीय सैनिकहरू विकास गर्न र राष्ट्रिय सार्वभौमसत्ता, एकता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न आग्रह गर्नुभयो । सिजिटिएन