RayNewsDaily
सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ जना घाइते   

धरान (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् ।    
    
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार निधनहुनेको पहिचान हुन सकेको छैन ।    
    
राससका अनुसार घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।    

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update