RayNewsDaily
२४२ जना सवार विमान अहमदावादमा दुर्घटनाग्रस्त,  अधिकांशको जीवित उद्दार गर्न नसकिएको उल्लेख

नयाँ दिल्ली । अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेकाे छ ।

अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर आज दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएकाे भारतीय सञ्चार माध्यम 'टाइम्स अफ इन्डिया' ले जनाएको छ।

विमान उडेको केही समयपछि दिउँसो १:३८ बजे दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार उडान भरेको दुई मिनेटभित्रै विमानको पछाडिको भाग रूखमा ठोक्किएको थियो । त्यसपछि विमान एउटा भवनमा ठोक्किएको थियो ।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए।

यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसैबीच अहदाबादमा दुर्घटनाग्रस्त भएको एयर इण्डियाको विमानभित्र रहेका यात्रु र चालक दलका सदस्य जीवितै रहने सम्भावना कम रहेको उद्धारकर्मी र सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विमानमा सवार यात्रुको उद्दार गरेर अस्पताल लगिरहेको दृष्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीले केही बताएका छैनन् । अधिकांशको जीवित उद्दार गर्न नसकिएको बताइएको छ ।

एयर इण्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्वीटर एकाउन्टमार्फत एयर इण्डियाको उडान नम्बर १७१ को विमान दुर्घटनाग्रस्त भएको र यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवार र प्रियजनलाई कम्पनीको तर्फबाट गहिरो समवेदना रहेको जनाउनुभएको छ । उहाँले पहिलो प्राथमिकता विमानमा सवार यात्रुका पविरालाई सहायता उपलब्ध गराउनु रहेको बताउनुभएको छ ।

अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । एजेन्सी 

नागरिक उड्डयन महानिर्देशनालयले  विमानमा सवार यात्रुको नामावली सार्वजनिक गरेको छ : 

4-1749726343.png

6-1749726344.png

4-1749726343.png

5-1749726341.png

3-1749726340.png2-1749726337.png

1-1749726337.png
 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update