
काठमाण्डू । विश्वका दुईवटा ठूला अर्थतन्त्रहरूले कर र अन्य विवादहरूमा आलोचना गरिरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार भएको फोन वार्ता चीन-अमेरिका सम्बन्धका लागि राम्रो दिन आउने संकेत भएको एकजना अमेरिकी विद्वानले बताएका छन् ।
ट्रम्पद्वारा सुरु गरिएको फोन वार्तामा राष्ट्रपति सीले चीन र संयुक्त राज्य अमेरिकाका लागि संवाद र सहयोग एक मात्र सही विकल्प भएको बताउनुभयो । दुवै नेताहरुबीचको फोनवार्ताका विषयमा प्रतिक्रिया दिनुहुँदै चीन-अमेरिका अध्ययन संस्थानका प्रतिष्ठित फेलो डेनिस साइमनले दुवै पक्षले सहमति निर्माण गर्न, गलत प्रचार हटाउन, सहयोगलाई बलियो बनाउन, विदेश मामिला, अर्थतन्त्र, व्यापार, सैन्य र कानून प्रवर्तन जस्ता क्षेत्रहरूमा सञ्चार बढाउनु उपयुक्त बताउनुभयो ।
हिजो शुक्रबार चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन) सँगको एक अन्तर्वार्तामा डेनिस साइमनले दुवै नेताहरुबीच सम्पन्न फोन वार्ताई “प्रगति” भनि टिप्पणी गर्नुभयो । डेनिस साइमनका अनुसार सो वार्ता गत महिना जेनेभामा भएको आर्थिक र व्यापार वार्ताको गतिमा निर्माण भएको उल्लेख गर्दै अब दुवै पक्षले आगामी संवादको आवश्यकतामा सहमति जनाएको बताउनुभयो ।
डेनिस साइमनका अनुसार अब दुवै जनाले प्रत्यक्ष सञ्चार नै अगाडि बढ्ने एक मात्र तरिका हो भनि बुझेको पनि बताउनुभयो । डेनिस साइमनले राष्ट्रपति ट्रम्प फोेनवार्ताका लागि विशेष रूपमा उत्सुक हुनुभएको हुनाले पनि आगामी दिनहरु केही राम्रा हुनसक्ने प्रतिक्रिया दिनुभयो । साइमनका अनुसार दुवै पक्षले सम्बन्ध सुधार्न पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित–जित सहयोगको सिद्धान्तहरू पालना गर्नुपर्छ ।
चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित–जित सहयोगको पक्ष लिँदै आएको बताउँदै डेनिस साइमनले दुवै नेताहरुबीचको सम्वादले आगामी वार्ताको वातावरण बनाउन सहयोग पुग्ने धारणा पनि व्यक्त गर्नुभयो । दुवै पक्षवीच विभिन्न प्रचारवाजी भए पनि आमनेसामने कुराकानी गर्दा वीचमा भएका भ्रमहरु हटाउन र अर्थपूर्ण प्रगति गर्नका लागि उत्तम माध्यम हुने डेनिस साइमनको बुझाई छ ।
अमेरिकामा जारी भिसा रद्द गर्ने धम्कीहरूको बीचमा, ट्रम्पले सीलाई चिनियाँ विद्यार्थीहरूलाई संयुक्त राज्य अमेरिकामा स्वागत छ भनी बताएको जानकारी दिईएको छ । यो कथनलाई चीनमा धेरैले सकारात्मक हेरिएको पनि डेनिस साइमनले बताउनुभयो ।