RayNewsDaily
क्यानडा र चीन सञ्चार नियमित गर्न सहमत        

मोन्ट्रियल, क्यानडा । तनावपूर्ण कूटनीतिक सम्बन्धपछि क्यानडा र चीनबीच सञ्चारका माध्यम नियमित गर्न सहमति भएको बिहीबार क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको कार्यालयले जनाएको छ ।     
     
मार्क कार्नीले चीनका प्रधानमन्त्री ली छ्याङसँग कुराकानी गर्नुभएको छ । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्नुका साथै सञ्चारका माध्यमको उपायको महत्वबारे जोड दिनुभएको छ ।     
     
उहाँहरूबीच व्यापारको बारेमा पनि छलफल भएको र ‘फेन्टानिल सङ्कटलाई सम्बोधन गर्न’ सँगै काम गर्न दुबै देशका सरकारहरू प्रतिबद्ध रहेने बताइएको छ ।     
     
सन् २०१८ मा अमेरिकी वारेन्टका आधारमा चिनियाँ टेलिकमका एक वरिष्ठ अधिकारी पक्राउ परेपछि बेइजिङ र ओटावाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बनेको छ ।     
     
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ प्रधानमन्त्री लीले क्यानडाका समकक्षी कार्नीसँग हालैका वर्षहरूमा चीन-क्यानडा सम्बन्धमा अनावश्यक गडबडी र गम्भीर कठिनाइको सामना गर्नुपरेको बताउनुभएको थियो ।     
बढ्दो एकपक्षीयवाद र संरक्षणवादको सामना गर्दै चीन ‘बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई संयुक्त रूपमा कायम राख्न क्यानडासँग मिलेर काम गर्न इच्छुक रहेको’ उहाँले बताउनुभयो ।     
     
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको कर वृद्धिले दुवै देशलाई निशाना बनाएको भन्दै दुबैले उक्त नीतिको आलोचना गरेका छन् । एएफपी

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update