RayNewsDaily
रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा        

श्रीनगर (भारत) । गत महिना कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको द्वन्द्वपछि विवादित हिमालय क्षेत्रको आफ्नो पहिलो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार काश्मीर आइपुग्नुभएको छ । उहाँले काश्मीरमा एउटा रणनीतिक रेलवेको उद्घाटन गर्नुभयो ।     
     
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू शुरू गरिरहनुभएको छ ।     
     
आणविक-सशस्त्र भारत र पाकिस्तानले गत महिना तीव्र चार दिने द्वन्द्व लडेका थिए । यो द्वन्द्व मे १० मा युद्धविराममा सहमति हुनुअघि सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।     
     
प्रधानमन्त्रीको कार्यालयले एक हजार तीन सय १५ मिटर लामो (चार हजार तीन सय १४ फिट लामो) स्टिल र कङ्क्रिटको चेनाब पुलको अवलोकन विन्दुमा मोदीको तस्बिर प्रसारण गरेको थियो । उक्त पुलले तल नदीभन्दा तीन सय ५९ मिटर माथि आर्क भएको दुई पहाडलाई जोड्दछ ।     
     
“वास्तुकलाको असाधारण उपलब्धि हुनुका साथै चेनाब रेल पुलले कनेक्टिभिटीमा सुधार गर्नेछ”, मोदीले आफ्नो भ्रमणअघि सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो ।     
     
मोदी आफ्नो आगमनको लगत्तै रेल यातायातका लागि औपचारिक रूपमा खुला भएको घोषणा गर्न विशाल भारतीय झण्डा फहराउँदै पुल पार गर्नुभयो ।     
     
नयाँदिल्लीले चेनाब पुललाई ‘संसारको सबैभन्दा अग्लो रेलवे आर्क पुल’ भन्छ । धेरै सडक र पाइपलाइन पुलहरू अग्लो भए पनि गिनिज वल्र्ड रेकर्डले गिनिज वल्र्ड रेकर्डले चेनाबले चीनको अघिल्लो सबैभन्दा अग्लो रेलवे पुल, नजीहेलाई उछिन्ने पुष्टि गरेको छ ।     
     
नयाँ दुई सय ७२ किलोमिटर (एक सय ६९ माइल) उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे, ३६ सुरुङ र नौ सय ४३ पुलसहित ‘क्षेत्रीय गतिशीलतालाई रूपान्तरण गर्ने र सामाजिक–आर्थिक एकीकरणलाई बढावा दिने उद्देश्यले’ निर्माण गरिएको मोदीको कार्यालयले जनाएको छ ।     
     
यस पुलले मानिस र सामानका साथै सेनाको आवागमनलाई सहज बनाउनेछ । यो पहिले दुर्गम पहाडी सडक र हवाई मार्गबाट मात्र सम्भव थियो ।     
     
“रेलवेले सबै मौसममा सम्पर्क सुनिश्चित गर्दछ, आध्यात्मिक पर्यटनलाई बढावा दिनेछ र जीविकाका अवसरहरू सिर्जना गर्नेछ”, मोदीले भन्नुभयो ।     
    
रेलवे लाइनले हिन्दू बहुल जम्मू क्षेत्रको कटरा सहर र मुस्लिम बहुल काश्मीरको मुख्य सहर श्रीनगरबीचको यात्रा समयलाई आधाले घटाएर करिब तीन घन्टासम्म पुर्याउने अपेक्षा गरिएको छ ।     
     
गत महिनाको द्वन्द्वमा मिसाइल, ड्रोन र तोपखानाको गोलीबारीमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो ।     
     
अप्रिल २२ मा भारत प्रशासित कश्मीरमा सर्वसाधारणमाथि भएको आक्रमणबाट लडाइँ सुरु भएको थियो । उक्त आक्रमणलाई नयाँदिल्लीले पाकिस्तानले समर्थन गरेको आरोप लगाएको थियो । उक्त अरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।     
     
भारतीय प्रशासित काश्मीरमा विद्रोही समूहहरूले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै ३५ वर्ष लामो विद्रोह चलाएका छन् । एएफपी 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update