RayNewsDaily
चिनियाँ राष्ट्राध्यक्ष सीलाई रूसी राष्ट्रपति पुटिनद्वारा भव्य स्वागत

काठमाण्डू । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभएको छ । 

रुसको राजकीय भ्रमणका क्रममा मस्को पुग्नु भएका राष्ट्राध्यक्ष सी चिनफिङ क्रेमलिन दरबारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान आयोजना गर्नुभएको भव्य स्वागत समारोहमा उपस्थित हुनुभएको हो । 

क्रेमलिन दरबारस्थित रातो कार्पेटले सुसज्जित सेन्ट जर्ज हलमा आयोजना गरिएको भव्य स्वागत समारोहमा राष्ट्राध्यक्ष सी र पुटिनले हलको विपरीत दिशाबाट रातो कार्पेटमा हिँडेर हलको मध्य भागमा भेट्नु भएको थियो । उहाँहरुले हात मिलाउँदै फोटो समेत खिचाउनु भएको थियो । रे टेलिभिजनको मिडिया साझेदार संस्था चाइना ग्लोवल टेलिभिजन नेटवर्क (सीजिटिएन) का अनुसार सो समारोहमा सैन्य ब्यान्डले चीन र रुसको राष्ट्रिय गान प्रस्तुत गरेको थियो । 

राष्ट्रपति पुटिनको निमन्त्रणामा सोभियत संघको महान् देशभक्तिपूर्ण युद्धमा विजयको ८० औं वार्षिकोत्सव मनाउन र रूसको राजकीय भ्रमण गर्न राष्ट्राध्यक्ष सी हिजो बुधबार मस्को पुग्नुभएको हो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update