RayNewsDaily
चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन-रूस सांस्कृतिक आदानप्रदान कार्यक्रमलाई बधाई पत्र

काठमाण्डू ।  हिजो मे ७ का दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले "शान्तिको धारा, समयको नयाँ अध्याय-जापानी आक्रामण विरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र सोभियत संघको महान देशभक्तिपूर्ण युद्धको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा चीन-रूस सांस्कृतिक आदानप्रदान कार्यक्रम" बधाई पत्र पठाउनुभएको छ।

सी चिनफिङले ८० वर्षअघि चिनियाँ र रुसी जनताले विश्व फासीवाद विरोधी युद्धको विजयमा संयुक्त रूपमा अमिट ऐतिहासिक योगदान दिएर आफ्नो रगतले अटूट महान मित्रतालाई बलियो बनाइ द्विपक्षीय सम्बन्धको उच्चस्तरीय विकासको लागि बलियो जग बसालेको औँल्याउनुभयो । ८० वर्षपछिको आज दुवै पक्षको संयुक्त प्रयासमा चीन-रुस सम्बन्ध पुनरुत्थान भइरहेको र नयाँ प्रकारको प्रमुख शक्ति सम्बन्धको लागि उदाहरण स्थापित गरेको सी चिनफिङले व्यक्त गर्नुभयो।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सांस्कृतिक आदानप्रदानलाई सुदृढ पार्न, पारस्परिक समझदारी बढाउन, असल छिमेकी मित्रतालाई प्रवर्द्धन गर्न र द्विपक्षीय सम्बन्धको विकासको सामाजिक र जनमतको आधारलाई सुदृढ पार्न ठूलो र दूरगामी महत्त्व भएको बताउनु भएको छ ।

"शान्तिको धारा, समयको नयाँ अध्याय-जापानी आक्रामण विरुद्धको चिनियाँ जनताको प्रतिरोध युद्ध र सोभियत संघको महान देशभक्तिपूर्ण युद्धको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा चीन-रूस सांस्कृतिक आदानप्रदान कार्यक्रम" बधाई पत्र पठाउनुहुँदै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

सीले दुई देशका मिडियाले जनताको हृदयलाई जोड्ने, न्यानोपन राख्ने थप सांस्कृतिक आदानप्रदान गर्न मिशन साझा गरी हातमा हात मिलाएर काम गर्नसक्ने भन्दै यस्ता गतिविधीहरुले दुई देशका जनता बीचको पारस्परिक समझदारी र मित्रतालाई प्रवर्द्धन गर्न नयाँ प्रेरणा मिल्नेछ, चीन र रूस बीचको नयाँ युगको व्यापक रणनीतिक सहकारी साझेदारीको विकासमा नयाँ प्रतिभा थपिनेछ र मानव जातिको लागि साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न नयाँ योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभएको छ । सीजीटिएन

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update