RayNewsDaily
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर फेरि अस्पताल भर्ना   

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन् ।    
    
दुई पटक प्रधानमन्त्री भइसक्नुभएका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो ।    
    
उहाँका सहयोगीका अनुसार उहाँलाई मङ्गलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ ।    
    
सुफी युसोफले भन्नुभयो, “अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ।”    
     
उहाँले भन्नुभयो, “उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ ।”    
    
महाथिर जुलाइदेखि ९९ बर्ष लाग्नुभएको थियो ।    
    
हालैका वर्षहरूमा उहाँको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो ।    
    
यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उहाँले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराउनुभएको थियो ।    
    
सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाकोे राष्ट्रिय नेता (प्रधानमन्त्री) को जिम्मेवारी सम्हाल्ने महाथिरले चौथो व्यक्ति हुनुहुन्थ्यो ।    
    
उहाँले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । एएफपी   

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update