कालीमाटीमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक, कुनको मूल्य कति ?
  • कालीमाटी बजारमा मटरकोसा प्रतिकिलो १८० र सिताके च्याउ एक हजार रुपैयाँ ।
  • पार्सले प्रतिकिलो दुई हजार ८००, पुदिना ७०० र सेलरी ५०० रुपैयाँ ।
  • स्याउ प्रतिकिलो २५० देखि ३५०, अनार ४०० र अङ्गुर ५०० देखि ६०० रुपैयाँ ।

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, टनेल र तराईको ५२ रुपैयाँ कायम गरिएको छ । आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो ५५ रुपैयाँ, भारतीय रातो आलु र सेतो आलु ४० रुपैयाँ तथा सुकेको भारतीय प्याज ८० रुपैयाँ छ ।

गाजर (लोकल) प्रतिकिलो १०० र तराईको ७० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० र तराईको ३० रुपैयाँ छ । रातो मूला र सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो ४० र डल्लो ५० रुपैयाँ छ । तने बोडी प्रतिकिलो १०० र मकै बोडी ७० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो १८० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड) १००, घिउ सिमी (राजमा) १५० र टाटे सिमी १०० रुपैयाँ छ । तितो करेला र लौका प्रतिकिलो ८० रुपैयाँ, परबर (लोकल) ९० र तराईको १२० रुपैयाँ छ । चिचिण्डो ४०, घिरौँला र झिगुनी ९०, पाकेको फर्सी ७०, हरियो फर्सी (लाम्चो र डल्लो) ४० तथा भिण्डी १२० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड र पिँडालु प्रतिकिलो ७० रुपैयाँ, बरेला ६०, इस्कुस १५, रायो साग र तोरीको साग ८०, पालुङ्गो, चम्सुर र मेथीको साग १५० रुपैयाँ छ । हरियो प्याज १५०, बकुला १२० र तरुल ९० रुपैयाँ छ ।

च्याउ (कन्य) प्रतिकिलो २६०, डल्ले च्याउ ३८०, राजा च्याउ ३२० र सिताके च्याउ एक हजार रुपैयाँ निर्धारण गरिएको छ । ब्रोकाउली १२०, चुकुन्दर ९०, सजीवन ३००, रातो बन्दा १८० र जिरीको साग १५० रुपैयाँ छ । सेलरी प्रतिकिलो ५००, पार्सले दुई हजार ८००, सौफको साग १५०, पुदिना ७००, गान्टे मूला १५०, इमली १८०, तामा १६०, तोफु १६०, गुन्द्रुक ३५० र रुख टमाटर १५० रुपैयाँ कायम गरिएको छ ।

फलफूलतर्फ स्याउ (फुजी र जुम्ला) प्रतिकिलो ३५० तथा मुस्ताङको २५० रुपैयाँ छ । नेपाली र मालभोग केरा दर्जनको १५० रुपैयाँ, कागती प्रतिकिलो ३००, अनार ४००, हरियो अङ्गुर ५०० र कालो अङ्गुर ६०० रुपैयाँ छ । तरबुजा प्रतिकिलो ८०, मौसम र जुनार २०० तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ छ ।

काँक्रो (लोकल र लोकलक्रस) प्रतिकिलो ८० तथा हाइब्रिड ४० रुपैयाँ, निबुवा ६०, चाइनिज नासपाती ३००, नेपाली मेवा ६० र भारतीय मेवा १२० रुपैयाँ छ । अम्बा प्रतिकिलो ३००, लप्सी १००, स्ट्रबेरी ५००, किबी ३५०, सरिफा ३००, आभोकाडो ३५० र अमला ८० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, काँचो नरिवल प्रतिकिलो ८० र हरियो नरिवल २०० रुपैयाँ छ । नेपाली ड्रागन फ्रुट ५००, अदुवा १०० र सुकेको खुर्सानी ५५० रुपैयाँ छ । हरियो खुर्सानी (लाम्चो) प्रतिकिलो ७०, बुलेट १००, माछे १२० र अकबरे ३५० रुपैयाँ छ । भेडे खुर्सानी १००, हरियो लसुन र धनियाँ १५० तथा सुकेको लसुन (चाइनिज र नेपाली) २६० रुपैयाँ छ ।

छ्यापी (हरियो र सुकेको) प्रतिकिलो २०० रुपैयाँ छ । सुकेको माछा प्रतिकिलो एक हजार, ताजा माछा (रहु) ३७०, बचुवा ३०० र छडी ३५० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update