सुन तोलामा ३ हजार ३०० र चाँदी १२० रुपैयाँले बढ्यो
  • छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम ।
  • चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ पुग्यो ।
  • अघिल्लो दिन सुन २ लाख ४२ हजार ८०० र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ र चाँदी ३ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update