- नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६.७५ विन्दुमा कायम ।
- ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार, १७९ कम्पनीको मूल्य घट्यो ।
- लगानीबाहेक सबै उपसमूहको परिसूचक ओरालो, हिमालयन ऊर्जा विकासको सर्वाधिक कारोबार ।
रे समाचार/काठमाडौँ । साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.८९ अंक घटेर २ हजार ६३६.७५ विन्दुमा झरेको हो ।
यसअघि बुधबार नेप्से परिसूचक ८.७० अंकले बढेको थियो । बिहीबार बजार खुलेदेखि नै उतारचढाव देखिएको थियो । कारोबारको अन्त्यमा परिसूचक घटेर बन्द भएको हो ।
बिहीबार कुल ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
बिहीबार ४९ हजार ८०६ वटा कारोबारमार्फत ३५५ कम्पनीका एक करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबार भएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढेको छ भने १७९ वटाको घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
उपसमूहतर्फ लगानी समूहको परिसूचक ०.७२ प्रतिशतले बढेको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक १.५२ प्रतिशतले घटेको छ । बैंकिङ समूह ०.९३ प्रतिशतले ओरालो लागेको छ ।
बिहीबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ४.८८ प्रतिशतले बढेको छ । त्यस्तै, गार्डियन माइक्रो लाइफको ४ प्रतिशत र हाथवे इन्भेस्टमेन्टको ३.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यस दिन एलएस होराइजन १२ को सेयर मूल्य सबैभन्दा बढी ४.७६ प्रतिशतले घटेको छ । एभरेस्ट कलरको ४.६० प्रतिशत तथा सर्वोत्तम पेन्ट्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ३.४८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन ऊर्जा विकास कम्पनी अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको २४ करोड एक लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको २२ करोड ७६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १८ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार बजारमा आएको गिरावटसँगै कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ ।
