RayNewsDaily
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण   

काठमाण्डू ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएको छ ।    
    
 उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिनुभयो ।    
    
 गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गर्नुभएको थियो । रासस   

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update