RayNewsDaily
 जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन   

काठमाण्डू । जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । 

तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो । तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने विश्वास रहीआएको छ ।    
कुमारीलाई देवी तलेजु भवानीको दर्शनका लागि रथयात्रासहित सुरक्षित कुमारी घरबाट तलेजु परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिनुभयो ।    

कुमारीलाई दर्शन गराउन देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो । हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा बनाइएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुल देवताका रूपमा मानेको इतिहासमा पाइन्छ ।    
 

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update