RayNewsDaily
राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण   

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएको छ ।    
    
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो ।    
    
आफूले टीका ग्रहण गरेपछि उहाँले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस     

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update