उखु किसानलाई सरकारले डेढ अर्ब रुपैयाँ अनुदान दिने
- उखु किसानका लागि डेढ अर्ब रुपैयाँ अनुदान स्वीकृत ।
- चार जिल्लाका किसानले अनुदान पाउने ।
- प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिने व्यवस्था ।
काठमाडौँ । सरकारले उखु उत्पादक किसानलाई एक अर्ब ५० करोड रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुदान रकम बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका किसानलाई वितरण गरिनेछ ।
सरकारले उखु किसानलाई वार्षिक रूपमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३ १०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
