RayNewsDaily
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार   

सुनसरी । बराहक्षेत्र नगरपालिका श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराउनुभएको करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आउनुभएका उहाँले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाउनुभएको      
    
उहाँको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लाग्नुभएको छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ अहिले नेपालमै बसेर सबै छोराले लाखौँ रुपैयाँ कमाउन सक्ने भएका छन्”, अर्जुनले भन्नुभयो     
    
विदेश गएर दुःख गर्नुभन्दा नेपालमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचले चारै जना छोरालाई कृषिमा लगाएको उहाँले बताउनुभयो पहिला सडक तथा यातायातको सुविधा थिएन दुईचार कट्ठामा गरिएको खेती टाउकोमा बोकेर बजारसम्म पुर्याउनुपथ्र्यो अहिले बारीमै गाडी लिएर व्यापारी आउँछन्     
    
चन्द्रवंशी परिवारले हाल पाँच बिघामा गोलभेँडाखेती गर्दै आउनुभएको साथै केही जग्गामा मौसमी तरकारीसमेत लगाउनुभएको गोलभेँडाको मुख्य सिजन कात्तिक मङ्सिरदेखि फागुनचैतसम्म ५० जनाभन्दा बढी कामदारले अर्जुनको फार्ममा काम गर्ने गरेका छन् अफसिजनमा पनि २५ जना ज्यालादारी कामदार खेतमा खटिने गरेको अर्जुनले जानकारी दिनुभयो     
    
गत वर्ष गोलभँेडाको मूल्य राम्रो हुनुका साथै मौसमले समेत साथ दिएकाले रु एक करोडबराबरको कारोबार भएको उहाँले बताउनुभयो यस वर्ष कस्तो हुन्छ हेरौँ मूल्य राम्रो नभए पनि सबै खर्च कटाएर वार्षिक रु ६० लाखसम्म मज्जाले आम्दानी हुन्छ”, उहाँले भन्नुभयो     
    
अर्जुनका छोरा श्रीरामका अनुसार गोलभेँडाको मूल्य बजारको माग उत्पादनअनुसार फरक हुने गरेको सामान्य अवस्थामा प्रतिकिलो रु ३० देखि ५० तथा कहिलेकाहीँ रु ८० देखि रु ९५ सम्म बिक्री हुने गरेको कहिलेकाहीँ प्रतिकिलो रु पाँचमा पनि बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उहाँले बताउनुभयो     
    
मङ्सिरदेखि वैशाखसम्म गोलभेँडाको मूल्य राम्रो हुने उहाँले बताउनुभयो राम्रो मूल्य भएको समयमा एकै दिन रु तीन लाख बढीको गोलभेँडा बिक्री हुने गरेको ”, श्रीरामले भन्नुभयो, “बोडी, काँक्रा, कोभीलगायतका मौसमी तरकारी पनि सिजनअनुसार बिक्री हुने गरेको ”    
    
अर्जुनका माइला छोरा लक्ष्मण चार वर्ष मलेसियामा बसेर नेपाल फर्किएपछि अहिले बुबालाई खेतीमा सघाइरहनुभएको विदेशभन्दा नेपालमा कमाइ राम्रो कृषि खेती हाम्रो पुख्र्यौली पेसा हो सुरुआती समयमा आलु, कोभीलगायतका तरकारीखेती गर्दै आएका थियौँ पछिल्लो समय गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसको क्षेत्र विस्तार गरियो”, उहाँले भन्नुभयो     
    
औपचारिक तालिमभन्दा पनि सामाजिक सञ्जालबाट जानकारी लिएर कृषि गरिरहेको लक्ष्मणले बताउनुभयो हामीले सामाजिक सञ्जालमा हेरेर नै व्यावसायिक खेती गरिरहेका छौँ”, उहाँको भनाइ करिब १२ बिघा जमिनमध्ये पाँच बिघामा गोलभेँडा तथा अन्य तरकारीखेती गरिँदै आएको उहाँले बताउनुभयो बाँकी जमिनमा मकै तथा धान लगाउने गरिएको उत्पादित गोलभेँडा बिक्रीका लागि बजारको समस्या छैन हामीले बजार खोज्दै जानु पर्दैन व्यापारी आफैँ खेतमा आउँछन् यहाँबाट खरिद गर्दा बजारको मूल्यभन्दा कममा दिने गरेका छौँ”, लक्ष्मणले भन्नुभयो     
    
धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, झापालगायतका स्थानबाट व्यापारी गोलभेँडा खरिद गर्न खेतमै आउने गरेका छन् यो खेतीमा लगानी बढिरहेको दुःख पनि भएको उहाँको भनाइ लगानीअनुसार उत्पादन राम्रो हुने घाटा नहुने उहाँ स्मरण गर्नुहुन्छ     
    
अहिले यही खेतीबाट परिवारका सबै सदस्यलाई रोजगारी मिलेको भने अरूलाई पनि रोजगारी दिन सकिएको ”, उहाँले भन्नुभयो, बराहक्षेत्र नगरपालिका स्थित श्रीलङ्का टप्पुमा मात्र करिब तीन सय बिघा क्षेत्रफलमा गोलभेँडाखेती हुने गरेको अधिकांश किसानले गोलभेँडासँगै अन्य मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन्     
सुनसरीमा हाल आठ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो     
    
बराहक्षेत्र नगरपालिकामा गोलभेँडा, कोभी, बोडीलगायतका तरकारीको उत्पादन राम्रो हुँदै आएकाले यहाँका अधिकांश किसान व्यावसायिक तरकारीखेतीमा लागेको नगरप्रमुख रमेश कार्कीले बताउनुभयो     
    
श्रीलङ्का टप्पुका ९० प्रतिशत स्थानीय कृषि तथा तरकारी उत्पादनमा केन्द्रित छन् श्रीलङ्का टप्पु तरकारीखेतीका लागि प्रख्यात क्षेत्र हो नगरपालिकाले स्थानीय किसानको उत्पादन वृद्धि गर्न प्रोत्साहनस्वरूप मल, बीउलगायत सामग्रीमा अनुदान दिँदै आएको नगरप्रमुख कार्कीले जानकारी दिनुभयो  रासस   

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update