RayNewsDaily
व्यावसायिक तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता   

सुनसरी । सशस्त्र प्रहरीको जागिर वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा हुनुहुन्थ्योबालक चन्द्रवंशी कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उहाँले यसलाई अङ्गाल्नुभयो द्विविधामा शुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रेगरे हुँदो रहेछ    
    
 सुनसरीको बराहक्षेत्र नगरपालिका श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्न गरेको सफलताको कथा गौरवका साथ सुनाउनुहुन्छ     
    
 विसं २०६२ देखि २०६९ सालसम्म सशस्त्र प्रहरीमा सेवा गर्नुभएका चन्द्रवंशीले जागिर छाडेपछि आफैँ गाडी खरिद गरी चलाउनुभयो त्यसबाट पनि सोचेअनुसार आम्दानी नभएपछि २०७५ मा रोजगारीका लागि कुवेत जानुभयो     
    
 खाडीको घाम सहेर फर्केपछि उहाँले २०७७ सालमा कृषि पेसा गर्ने सोच राख्नुभयो रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएका उहाँले अहिले करिब चार बिगाहा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहनु भएको     
    
 “पहिले बारी बाँझो हुन्थ्यो घरमा काम गर्ने मान्छे पनि हुँदैनथ्यो थोरै खेतीमा धान मकै लगाइन्थ्यो, खानका लागि पुग्थ्यो तर नगद पैसा हात पर्दैनथ्यो,” चन्द्रवंशीले भन्नुभयो, “नेपालमा जागिर खाँदा कमाइ थोरै थियो अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको ”    
    
 हाल दैनिकजसो तरकारी बिक्री हुने भएकाले आम्दानी पनि नियमित हुने गरेको उहाँले बताउनुभयो करिब अढाई बिगाहामा गोलभेँडा खेती गर्नुभएका उहाँले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खोर्सानीलगायत मौसम अनुसारका तरकारी लगाउनुभएको     
    
 मौसमले साथ दिँदा उत्पादन राम्रो हुने सिँचाइ तथा मलपानीको उचित व्यवस्थापन गर्न सके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव     
    
 “अहिले यही पेसाबाट मनग्य आम्दानी भइरहेको ,” उहाँले भन्नुभयो, “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको ”    
    
 आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने हुँदा गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिएको उहाँले बताउनुभयो गोलभेँडाका कलमी बिरुवा केही भारतबाट ल्याएर रोप्ने गरेको छु भने बाँकी बिरुवा आफैँ उत्पादन गर्छु अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु,” उहाँले भन्नुभयो     
    
 उत्पादित तरकारी बिक्रीका लागि बजारसम्म आफैँ पुग्नुपर्ने अवस्था नरहेको चन्द्रवंशी बताउनुहुन्छ धनकुटा, झापा, उदयपुर, धरान, इटहरी, इनरुवालगायत स्थानबाट व्यापारी बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् सडक तथा यातायातको पहुँचका कारण उत्पादन बिक्री गर्न सहज भएको उहाँको भनाइ     
    
 उहाँको खेतीमा वर्षभरि ज्यालादारीमा १२ जनाले काम पाएका छन् भदौको अन्तिम सातादेखि वैशाखसम्म भने दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक रु १८ हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उहाँले जानकारी दिनुभयो     
    
 “श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो अहिले सप्तरी जिल्लाबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु,” उहाँले भन्नुभयो     
    
 तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिगाहा क्षेत्रफलमा मकै खेती गर्दै आउनुभएको मकै बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो     
    
 कृषिबाट भएको आम्दानीले उहाँले प्रकाशपुरमा पाँच कट्ठा जग्गा खरिद गर्नुभएको उहाँका एक छोरा तीन छोरी स्थानीय निजी विद्यालयमा अध्ययनरत छन् अहिले गाउँमै राम्रो कमाई भइरहेको गाउँमै रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु अहिले गाउँमा राम्रो व्यवसायी भनेर नाम दाम दुवै कमाएको छु,” उहाँले भन्नुभयो     
    
 चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आउनुभएका सप्तरीका राजकुमार भन्नुहुन्छ, “आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन त्यहाँ काम पनि पाइँदैन खेती पनि छैन यहाँ आएर काम गरिरहेको छु रोजगार पाएकोमा खुसी छु ”    
    
 “यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ विदेशको कमाइले आफैँलाई खर्च पु¥याउन गाह्रो हुन्छ नेपालको कमाइ थोरै भए पनि सबै बचत गर्न सकिन्छ”, उहाँले भन्नुभयो   रासस  

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  ०७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update