RayNewsDaily
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्   

सर्लाही । सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन     
    
बलरा नगरपालिका१० रामनगर गाउँपालिका को सिमाना सुदामामा निर्माण भएको सिँचाइ ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत साविक दर्जन बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित निर्माण भएको ब्यारेज प्रयोग नै नभई अलपत्र बनेको हो     
    
ब्यारेज रु करोड लागतमा निर्माण भएको थियो कृषिको उर्वर भूमिका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा नहुँदा किसान वर्षाको पानीकोे भरमा खेती गर्न बाध्य छन् यस क्षेत्रका सयौँ बिघा खेतीयोग्य भूभाग वर्षात्मा जलमग्न हिउँदमा खण्डहर बन्ने गरेको बलरा नगरपालिका मिर्जापुरका किसान शङ्कर साहले गुनासो गर्नुभयो ब्यारेजसँग जोडिएको एउटा नहर ”, उहाँले भन्नुभयो, “त्यो पनि अव्यवस्थित ”    
    
नहरबाट आएको पानी वर्षायाममा अनियन्त्रित भइ ब्यारेज नजिकका केही किसानको खेतसम्म पुग्छ बाँकी क्षेत्रका किसानले पम्पसेट विद्युत् मोटरको भरमा जेनतेन खेती गरिरहेका उहाँको गुनासो     
     
यसरी गरिएको खेती मौसम प्रतिकूल हुँदा खेर जाने गरेको उहाँको अनुभव ब्यारेज निर्माण भएको ठाउँ जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्छ उत्तरी क्षेत्र रामनगर गाउँपालिकाका भूभागमा सिँचाइ गर्न नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ     
    
यहाँको भूभाग कोल्टे पर्छ”, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले भन्नुभयो, “सुरुमा हालको रामनगर बलराको लागि भनेर ब्यारेज निर्माण भएको देखिन्छ गलत ठाउँ परेकाले रामनगरका किसानको लागि त्यो उपयुक्त भएन ब्यारेजबाट पानी उत्तरतर्फ आउँदैन त्यसैले सोही खोलाको माथिल्लो स्थानमा बाँध निर्माण गरेर सिँचाइ सुविधा पुर्याइरहेका छौँ ”    
    
नहर निर्माण गरी व्यवस्थित गर्नसके हालको बलरा नगरपालिकाका सम्पूर्ण खेतीयोग्य भूभागमा सिँचाइ सुविधा पुग्ने नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले बताउनुभयो ब्यारेज नै अलपत्र पर्दा समस्या भएको उहाँको भनाइ ब्यारेजको संरक्षण स्वामित्व कसैले नलिएकाले जीर्ण बनेको उहाँले स्वीकार गर्नुभयो आफू नगरप्रमुख भएर आएपछि बजेट विनियोजन गरी ब्यारेजको सामान्य मर्मतसम्भार गरेको उहाँको भनाइ     
    
नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा ब्यारेज मर्मत तथा सौन्दर्यकरणका लागि बजेट विनियोजन गरेको थियो ब्यारेज पार्कलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नीति लिएको उहाँले बताउनुभयो सङ्घ प्रदेश सरकारसँग व्यवस्थापनसँगै नहर निर्माण योजना पेस गरेको नगरप्रमुख कुशवाहाले बताउनुभयो ब्यारेजका लागि गत आर्थिक वर्षमा प्रदेश सङ्घीय सरकारले रु पाँच करोड बजेट उपलब्ध गराएको थियो समयमा काम हुन नसक्दा फिर्ता गएको उहाँको भनाइ     
    
यस वर्षको रु दुई करोड बजेटबाट नहरको काम गर्ने तयारी गरिएको नगरप्रमुख कुशवाहले जानकारी दिनुभयो ब्यारेज व्यवस्थापनका लागि आफलेू प्रदेश सङ्घीय सरकारलाई पटकपटक आग्रह गरेको उहाँले दाबी गर्नुभयो तर, हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको उहाँ बताउनुहुन्छ ठूलो भूभागमा सिँचाइ हुने भए पनि ब्यारेज प्रयोगमा ल्याउन नसक्नु दुःखद् भएको उहाँको भनाइ     
    
किसानको सुविधाका लागि आएको बजेट नगरपालिकाले काम नै नगरी फिर्ता गरेको स्थानीय किसानको आरोप खेत नजिकै बाह्रै महिना खोला बग्ने तर आफूहरूले महँगोमा डिजल मोटर प्रयोग गर्नुपर्ने बाध्यता रहनु दुःखत भएको स्थानीय किसान गगनदेव सिंहले गुनासो गर्नुभयो पालिकाले सिँचाइ ब्यारेज व्यवस्थित गरी किसानको खेतसम्म पानी पुर्याउनुको साटो पार्क निर्माणमा खर्च गरेको उहाँको आरोप     
    
ब्यारेज मर्मत गरी पक्की नहरको व्यवस्थासहित सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने स्थानीय किसानको माग किसानले सुविधा पनि नपाउने, राज्यको ठूलो लगानी खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने उहाँहरूको भनाइ  रासस   

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update