RayNewsDaily
दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर, भदौ ७ गते । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आइतबार साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते भएका छन् । 

मृत्यु हुनेमा साइकलयात्री त्रियुगा नगरपालिका–१० का ६० वर्षीय सन्तबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो । सूचना अधिकारी बमका अनुसार सगरमाथा राजमार्गमा गाईघाटबाट करमगाछीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिएको थियो ।

घाइते साइकलयात्री राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका–३ घर भई हाल त्रियुगा नगरपालिका–१२ बस्ने १९ वर्षीय मोहवद सविर राईन घाइते भएका छन् । उनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । रासस 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update