RayNewsDaily
बेनी–जोमसोम–कोरला सडक : हालसम्म ८ अर्ब ९६ करोड खर्च   

सुन्दरकुमार थकाली/ मुस्ताङ । चीन भारतलाई जोड्ने त्रिदेशीय (बेनीजोमसोमकोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको     
    
 कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पु-याइएको उहाँले पछिल्लो संशोधित लागत अनुमानअनुसार (बेनीजोमसोमकोरला) सडक योजनाको समग्र भौतिक प्रगती ६५ प्रतिशत वित्तिय प्रगति ६० प्रतिशत पुगेको     
    
उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको निर्माणधीन कोरला सडक योजनाको पछिल्लो संशोधित सम्पन्न अवधी आव २०८८/०८९ सम्म कायम गरिएको सुरुआती बेनी/जोमसोम ७४ किमी चारखण्ड अस्फाल्ड कालोपत्र जोमसोमकोरला ११९ किमी सातखण्ड ग्राभेल सडकबाट सुरुआत गरिएकोमा हालसम्म सडक तथा पुल पुलेसा गरी दर्जनौँ योजना थपिएका छन्     
    
 पर्वतको मालढुङ्गादेखि नेपालचीन उत्तरी कोरलानाकासम्मको २०२ किमी सडक कालोपत्र तथा स्तरोन्नति गनुपर्ने दायित्व योजनाको रहेको योजना प्रमुख शर्माका अनुसार मालढुङ्गादेखि कोरलासम्म २०२ किमी सडक कालोपत्र गर्नुपर्ने लक्ष्य रहेकोमा गतवर्षको असार महिनासम्म ९० किमी दूरीमा कालोपत्र सम्पन्न भइसकेको कालिगण्डकी करिडोर अन्तर्गत मुस्ताङको छुसाङ्देखि घमीसम्मको ५० किमी सडकको थप स्तरोन्नति गरी सडक कालोपत्र गर्न दुई अर्ब बढीको ठेक्का आह्वान भइसकेको प्रमुख शर्माले जानकारी दिनुभयो     
    
 उहाँका अनुसार चालु आवमा बेनीजोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी सडकखण्डको पहिरोग्रष्त क्षेत्रमा ५०० मिटर कालोपत्रको ठेक्का खुलाइनेछ म्याग्दीको राहुघाट हाइड्रो पावर भएको स्थानको सडकमा ३०० मिटर दुरीमा जलविद्युत कम्पनीले नै कालोपत्र गर्ने पूर्वसहमति भइसकेको     
    
 म्याग्दी मुस्ताङको सीमाक्षेत्र थासाङ घाँसा तलको खहरे खोला सडकमा करिव ५०० मिटर दुरीको सडकमा कालिगण्डकी गर्ज हाइड्रो पावर कम्पनीलेनै कालोपत्र गर्नेछ योसँगै म्याग्दीको महभीर भीरकाँटे सडक बाहेक    
    
 पर्वतको मालढुङ्गादेखि बेनी सडकमा करिव ७०० मिटर दूरीमा सडक कालोपत्र गर्न बाँकी रहेको योजना प्रमुख शर्माको भनाइ म्याग्दीको महभीर भीरकाँटेमा चट्टान फोरेर सडक चौडा गरी फराकिलो बनाउनेकार्य भएकोमा हाललाई उक्तकार्य स्थगित गरिएको त्यहाँ कालिगण्डकी नदीबाट ग्याविक प्रोटेक्सन गरी सडक चौडा गराउन सुरु गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो     
    
 यसैगरी कोरला सडक योजना अन्तर्गत पर्वतको मालढुङ्गादेखि कोरलानाकासम्म २६ पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएकामा आव २०८२/०८३ सम्म १८ पक्की पुल निर्माणको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो उहाँका अनुसार कोरला सडकमा चार पक्की पुल निर्माणधीन अवस्थामा रहेको बाँकी आवश्यक चार पुल निर्माणको लागि बजेट विनियोजन हुन बाँकी रहेको     
    
 कोरला सडक योजनाका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र स्थित ताङ्वे खोला वारागुङ मुक्तिक्षेत्र स्थित कागबेनी खोलामा पुल निर्माण गर्नुपर्नेछ यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित रुप्से खोला म्याग्दीको तातोपानीस्थित भुरुङ खोलामा पुल निर्माण गर्नुपर्नेछ पर्वतम्याग्दी जोड्ने बेनीस्थित कालिगण्डकी नदीमा पुल निर्माण गर्न बाँकी     
    
 यसैगरी हाल कामचलाउको रुपमा रहेको पर्वतको मिलनचोक, लप्सी खोला, दमुवा खोलालगायतमा पुल निर्माणको आवश्यकता देखिन्छ     
    
 राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत बेनीजोमसोम सडकको म्याग्दी खण्डको तीन स्थानमा पहिरो रोकथाम भइरहेको , म्याग्दीको गुइठेभीर, खामभित्ता बैसरीमा पहिरो रोकथामकार्य भइरहेको योजना प्रमुख शर्माले बताउनुभयो      
    
 कोरला सडक योजनाका अनुसार चालु आवमा पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको सडक अन्तर्गत जुके खोला, केराबारी लाटी खोलामा गरी तीन स्थानमा पहिरो रोकथामका योजना अघि बढाइने भएको     
    
 यसैगरी बेनीजोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी, महभीर, नौनीबगर सुकेबगरमा गरी चार स्थानमा थप पहिरो थोकथामका योजना थपिने जनाइएको  रासस   

 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update