RayNewsDaily
माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो  ! 

चितवन   अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो     
    
सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो     
    
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको सङ्क्रमण हटेको धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको माग बढेसँगै अण्डाको मूल्य बढेको हो फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उहाँले बताउनुभयो मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उहाँले बताउनुभयो अण्डाको लागत मूल्य प्रतिगोटा रु १९.१२ पर्न आउँछ यसलाई हिसाब गर्दा प्रतिक्रेट रु ५७३. हुन आउँछ     
    
बर्डफ्लुका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको लागत मूल्य पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन् पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारााले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन्     
    
पछिल्लो समय बर्डफ्लुका कारण केही किसानको कुखुरा मरेका थिए भने कुखुरा हुनेहरुले अण्डाको मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्नु परेको पोखरेलले बताउनुभयो  रासस   

 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update