RayNewsDaily
व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’   

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा रमाइरहनुभएको परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोज्नुभएका उहाँले अहिले यसैमा भविष्य देख्न थाल्नुभएको      
    
चौलागाईँले हाल करिब १० रोपनी क्षेत्रफलमा एक हजार बोट अरविका जातको कफी विस्तार गर्नुभएको गत वर्षदेखि व्यावसायिक रूपमा खेती विस्तार गर्नुभएका उहाँले योजनाबद्ध रूपमा उत्पादन बढाउँदै लैजाने बताउनुभयो     
    
 अन्तरराष्ट्रिय बजारमा समेत नेपाली कफीको माग उच्च रहेको बुझाइका आधारमा उहाँ कफीखेतीप्रति आकर्षित हुनुभएको हो कफीखेतीमा सुरुमा मिहिनेत धेरै लाग्छ, तर उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो     
    
कफीखेती विस्तारमा षडानन्द नगरपालिकाको सक्रिय साथले किसानलाई थप उत्साहित बनाएको नगरपालिकाले कृषि उपकरण, प्राविधिक सहयोग, बिरुवा तथा तालिम उपलब्ध गराउँदै किसानलाई व्यावसायिक खेतीतर्फ प्रेरित गरिरहेको     
किसानलाई कफीखेतीमा प्रोत्साहन गर्न षडानन्द नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मागरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती विस्तार तथा व्यावसायीकरण परियोजनासञ्चालन गरेको कफीलाई आयआर्जन रोजगारीको प्रमुख आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको     
    
गत आवमा नगरपालिकाको रु एक करोड ६५ लाख बजेट किसानको लागत साझेदारीसमेत समावेश गर्दा परियोजनाको आकार रु दुई करोड ८९ लाख पुगेको कृषि विकास शाखाले जनाएको यस कार्यक्रममार्फत कफीखेतीको विस्तार, उत्पादन वृद्धि बजारसँग जोड्ने पहल भइरहेको     
    
कृषि क्षेत्रको व्यावसायीकरण, गरिबी न्यूनीकरण ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई केन्द्रमा राख्दै गुणस्तरीय तथा अग्र्यानिक कफी उत्पादन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो उहाँका अनुसार यहाँ करिब पाँच हजार हेक्टर क्षेत्रमा कफीखेती गर्न सकिने सम्भावना रहेको अध्ययनले देखाएको     
    
नगरको समृद्धिसँगै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यले कफीखेतीमा जोड दिएका हौँ”, प्रमुख उदासले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारको अध्ययन गर्दा कफीको सम्भावना निकै राम्रो देखिएको त्यसैले किसानलाई प्रोत्साहन गर्दै लगानी बढाएका हौँ ”    
    
 राससका अनुसार  षडानन्द क्षेत्रमा कफीखेती विस्तारसँगै अन्य किसान पनि यसतर्फ आकर्षित हुन थालेका छन् स्थानीय तहको लगानी, प्राविधिक सहयोग किसानको सक्रियताले कफीखेतीलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउने देखिएको स्थानीयवासीको भनाइ     

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update