RayNewsDaily
विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस   

काठमाण्डू । मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको २७ औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवस विशेष समारोह विविध कार्यक्रम आयोजना गरी नेपालमा मनाइएको     
    
नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले अतिथिहरूको सम्मानमा आइतबार साँझ यहाँ रात्रिभोजको आयोजना गरेको थियो सो अवसरमा नेपाल भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, महावाणिज्यदूत मेघा चौधरीलगायतले दुई देशका आपसी हित सम्भावित व्यापार, लगानी पर्यटनका विविध विषयमा चर्चा गर्नुभएको थियो     
    
उहाँहरुले नेपाल मोरक्कोबीच स्थापना भएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धका साथै आगामी दिनमा व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएकोे थियो समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, दुवै देशका उच्च सरकारी अधिकारी, व्यापारी, लगानीकर्ता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो     
    
यसअघि आइतबार बिहान महावाणिज्यदूतको कार्यालय, थापाथलीमा विशेष समारोहको आयोजना गरी मोरक्कोका राजदूत मलिकी वाणिज्यदूत चौधरीले संयुक्त रूपमा मोरक्कोको झण्डा फहराउनुभएको थियो     
    
सो अवसरमा महावाणिज्यदूत मेघा चौधरीले मोरक्कोको संस्कृति, कला पर्यटनलाई नेपालीमाझ परिचित गराउन दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका सहअध्यक्षसमेत रहनुभएका चौधरी गत फागुनमा नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको थियो     
    
दिवसकै अवसरमा मोरक्कोको कला, संस्कृति पर्यटनलाई नेपालीमाझ परिचित गराउने तथा द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउने उद्देश्यले आइतबार प्रदर्शनी आयोजना गरिएको थियो     
    
ललितपुरको एक होटलमा आयोजना गरिएको प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहेका थिए मोरक्कोले हरेक वर्ष जुलाई ३० लाई वर्तमान राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको दिनको सम्झनामा राष्ट्रिय दिवसका रूपमा राष्ट्रिय महत्वका साथ मनाउने गर्दछ  रासस   

 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update