RayNewsDaily
गोलबजार घटनाः गणेश यादवका परिवारलाई दश लाख प्रदान गरिने   

काठमाण्डू । सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने भएको छ ।    
    
गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ । उहाँको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक पनि स्थापना गरिने भएको छ । रासस   

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update