बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित
सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका किसान चिन्तित हुन थालेका छन् । लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनीलगायत तरकारी बालीसमेत सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।
जिल्लाको सिमकोट गाउँपालिका-१ का किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो । सिमकोट गाउँपालिका-२ का किसान रुप्सी बोहराले असारको पहिलो हप्तासम्म पानी नपर्दा उत्पादन घट्ने र यहाँ खाद्यान्न सङ्कट पर्नसक्ने बताउनुभयो ।
जिल्लाको सबैभन्दा बढी अन्न उत्पादन हुने सर्केगाड गाउँपालिका-२ रिपगाउँका किसानसमेत लामो सयम पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा परेका छन् । रासस
प्रकाशित मिति: मंगलबार, असार ९, २०८३ १४:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
